बुधबार, भदौ १०, २०८३

पर्सामा पाँच कोरोना संक्रमितमा ब्ल्याक फंगस

भारतपछि पर्सामा म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगसका बिरामी फेला परेका छन्। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

पर्सा - पर्सामा म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगसका बिरामी फेला परेका छन्। 

नारायणी अस्पतालको उपचारमा संलग्न चिकित्सकका अनुसार पर्सामा अहिलेसम्म पाँच जना ब्ल्याक फंगसका बिरामी भेटिएका हुन्। 

कोरोना संक्रमित रहेका उनीहरूकाे आँखामा ब्ल्याक फंगसले आक्रमण गरेको देखिएको उपचारमा संलग्न चिकित्सक डा. निरज सिंहले बताए।

हाल संक्रमितहरू नारायणी अस्पतालमा उपचाररत छन्। नेपालमा यसको उपचार उपलब्ध नभएकाले तत्काल सरकारको ध्यान जानु पर्ने उनकाे भनाइ छ। 

पछिल्लो समय पर्सामा संक्रमितको दर घट्दै गए पनि ब्ल्याक फंगसका सङ्क्रमित देखा पर्नुले थप सुरक्षा मापदण्ड अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ। 

प्रकाशित: May 23, 2021| 07:50 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।