बुधबार, चैत ११, २०८२

कोस्टारिकामाथि बेल्जियमको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप फुटवलको तयारीमा रहेको बेल्जियमले अन्तिम वार्मअप खेलमा सानदार जित हात पारेको छ। सोमबार राति भएको खेलमा रोमेलु लुकाकुको दोहोरो गोलको मदतमा कोस्टारिकालाई ४-१ गोल अन्तरले सहजै पराजित गरेको हो । 

 बेल्जियमको राजधानी ब्रसेल्सको घरेलु मैदानमा भएको खेलमा १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बेल्जियमले सहज जित निकाल्यो । ब्रायन लुइजले २४अौं मिनेटमा भली गर्दै कोस्टारिकालार्इ सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ६ मिनेट पछि बेल्जियमका ड्रइज मार्टिनले गोलपोष्ट नजिकैबाट गोल गर्दै खेलमा बराबरी गरे। 

लुकाकुले दुबै हाफमा एक एक गोल गरे। पहिलो हाफको ४२अौं मिनेटमा र खेलको ५०अौं मिनेटमा उनले गोल गरे। बेल्जियमका लागि अन्तिम गोल खेलको ६४अौं मिनेटमा मिकी बात्सुयीले गरे। 

विश्वकपमा समूह जी मा रहेको बेल्जियमले पहिलो खेल १८ जुनमा पानामासँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा २३ जुनमा ट्युनिसिया र २८ जुनमा इङल्याण्डको सामना गर्नेछ । कोस्टारिका भने समूह ई मा छ। यो समूहमा ब्राजिल, स्वीटजरल्याण्ड र सर्विया रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।