बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बहुमत कार्यकारिणी समितिद्वारा महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय

बहुमत कार्यकारिणी समितिद्वारा महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय

जनता समाजवादी पार्टी(जसपा) को बहुमत कार्यकारिणी समितिले अध्यक्ष महन्थ ठाकुरसहितका चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी(जसपा) को बहुमत कार्यकारिणी समितिले अध्यक्ष महन्थ ठाकुरसहितका चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

शनिबार रातिसम्म चलेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकपछि अध्यक्ष उपेन्द्र यादवले पार्टीको अनुशासन भन्दा बाहिर जानेलाई स्पष्टीकरणसहित आवश्यक कारबाही गर्ने निर्णय भएको जानकारी दिए। 

‘बैठकमा आउन कार्यकारिणी समितिका सबैलाई खबर गरिएको हो,’उनले भने,‘केही साथीहरू आउनु भएन्। बहुमत सदस्यको उपस्थितिमा बैठक बसेको हो।’

बैशाख ४ गते जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त हस्ताक्षर गरेर कार्यकारिणी समितिको बैठक आह्वान गरेका थिए। तर, शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोभिडको कारण देखाउँदै बैठक स्थगितको सूचना जारी गरेका थिए। त्यसलगत्तै अध्यक्ष उपेन्द्र यादवले पूर्व निर्धारित बैठक स्थगित नहुने बताएका थिए। 

शनिबार बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको कदम प्रतिगामी भएको भन्दै घोर निन्दा गरेको छ।

यस्तै शनिबारकै बैठकले राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गरेको एक कार्यकारिणी सदस्यले जानकारी दिए। उनका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारबाही गर्ने निर्णय पनि भएको छ।

प्रकाशित: May 23, 2021| 00:27 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।