बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा मृत्यु भएका कोरोना संक्रमितको शव धनगढी ल्याइयो 

भारतमा मृत्यु भएका कोरोना संक्रमितको शव धनगढी ल्याइयो 

भारतमा कोरोना संक्रमणबाट मृत्यु भएका कैलालीका एक जनाको शव धनगढी ल्याइएको छ। 
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

धनगढी- भारतमा कोरोना संक्रमणबाट मृत्यु भएका कैलालीका एक जनाको शव धनगढी ल्याइएको छ। 

गौरीफन्टा सीमानाका हुँदै शनिवार धनगढी उपमहानगरपालिका–६ का ५० वर्षीय पुरुषको शव धनगढी ल्याइएको हो। 

उनी कोरोना संक्रमण पुष्टि भएपछि दुई साताअगाडि भारतको हिमाञ्चल प्रदेशस्थित फोर्टिज हस्पिटल मोहालीमा भर्ना भएका थिए। उनको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

आफन्तले शव ल्याउन भनेपछि सोही अस्पतालको शव वाहनमार्फत् शव ल्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। ती पुरुषको शव नेपाली सेनाले शनिबार नै गोदावरी घाटमा व्यवस्थापन गरेको छ जोशीले बताए।

प्रकाशित: May 22, 2021| 14:17 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।