बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई गगनको प्रश्न– ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको?

ओलीलाई गगनको प्रश्न– ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको?

नेपाली कांग्रेसका युवा नेता गगन थापाले गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन हुने बताएका छन्।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन हुने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले तिमी भनेर सम्बोधन गरेकोमा प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि व्यक्त गरेपछि गगनको यस्तो प्रतिक्रिया आएको हो।

‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!! ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो,’ गगनले ट्विट गरेका छन्। 

राष्ट्रपति भण्डारीलाई ‘तिमी’ भनेको भन्दै प्रधानमन्त्री ओलीले आज देउवामाथि आक्रोश व्यक्त गरेका थिए। देउवाले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई ‘तिमी’ भनेर सम्बोधन गरिएकोमा ओलीले आक्रोश व्यक्त गरेका हुन्।

शनिबार बुद्धिवहादुर रायमाझीको ‘१६ वर्षे जेलजीवन’बारे लेखिएको पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ। अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन। राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको छ।,’ 

ओलीले भने देउवाको यही कदमबाट गणतन्त्रलाई खुइल्याउने षड्यन्त्र पुगेको पुष्टि हुने दाबी गरेका छन्। देउवाले राष्ट्रपति भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधिसभा विघटन गरिदिएको भन्दै शनिबार विज्ञप्ति जारी गरेका थिए।

प्रकाशित: May 22, 2021| 14:04 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।