सोमबार, असार ८, २०८३

कोरोना कहर : कैलालीमा जेष्ठ नागरिकको मृत्यु दर उच्च

 |  शनिबार, जेठ ८, २०७८

भीम चौधरी

भीम चौधरी

शनिबार, जेठ ८, २०७८

धनगढी- कोभिड-१९ को पहिलो लहरमा जेष्ठ नागरिकको मृत्यु दर उच्च रहेको कैलालीमा दोस्रो लहरमा पनि मृत्यु उच्च रहेको छ। 

National life

सुदूरपश्चिम प्रदेश कोभिड–१९ को ‘हटस्पट’ कैलालीमा कोरोनाको पहिलो लहरमा जेष्ठ नागरिकको मृत्युदर ४८.७८ प्रतिशत थियो। २०७७ जेठ २४ गते पहिलो कोरोना संक्रमितको मृत्यु भएको कैलालीमा फागुन ३० गतेसम्म १२ महिलासहित ४१ जनाको मृत्यु भएको थियो।

सो अवधिमा ५० देखि ४९ वर्ष उमेरका ६ महिलासहित १४ जना, ४० देखि ४९ वर्ष उमेरका ५ जना पुरुष र ३० देखि ३९ वर्ष उमेरका एक महिला र एक पुरुषको मृत्यु भएको थियो। 

कोभिड–१९ को दोस्रो लहरमा पनि जेष्ठ नागरिकको मृत्यु दर उच्च रहेको छ। कोरोना भाइरसको दोस्रो लहरमा जिल्लामा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

दोस्रो भेरियन्ट चैत्र १ गतेदेखि जेठ ८ गतेसम्म जिल्लामा ५८ महिलासहित एक सय ९३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलाली जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका अनुसार कुल मृत्युमध्ये ३५.७५ प्रतिशत ६० वर्षमाथिका रहेका छन्। केन्द्रका अनुसार चैत्र १ देखि जेठ ८ गतेसम्म जिल्लामा ६० वर्षमाथिका २६ महिलासहित ६९ जनाको मृत्यु भएको छ।

Shivam cement

जिल्लामा ५० देखि ५९ वर्ष उमेरका संक्रमितको मृत्यु दर २२.२७ प्रतिशत छ। सो उमेर समूहका १२ महिलासहित ४३ जनाको मृत्यु भएको छ।

४० देखि ४९ वर्ष उमेर समूहका १८.६५ प्रतिशको मृत्यु भएको छ। सो उमेर समूहका ७ महिलासहित ३६ जनाको मृत्यु भएको छ।

३० देखि ३९ वर्ष उमेर समूहका १७.६१ प्रतिशको मृत्यु भएको छ। सो उमेर समूहका ८ महिलासहित ३४ जनाको मृत्यु भएको हो।
२० देखि २९ वर्ष समूहका ४.६६ प्रतिशतको मृत्यु भएको छ। सो अवधिमा ५ महिलासहित ९ जनाको मृत्यु भएको छ।
यो अवधिमा ११ वर्षका एक जना बालकको मृत्यु भएको छ। मृत्यु भएकामध्ये १७ जनाको होम आइसोलेसन र अन्यको सरकारी तथा निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: May 22, 2021| 13:48 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।