बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरि सोध्यो एमालेले माधव नेपालसहित ११ नेतालाई स्पष्टीकरण

फेरि सोध्यो एमालेले माधव नेपालसहित ११ नेतालाई स्पष्टीकरण

नेकपा एमालेले पार्टी गतिविधिविरुद्ध लागेको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं- नेकपा एमालेले पार्टी गतिविधिविरुद्ध लागेको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आज बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

स्पष्टीकरण सोधिएका नेताहरुमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, निरा जैरु, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी र कलिला खातुन छन्। 

एमालेले नेता नेपाल, खनालसहित ४ नेतालाई यसअघि पनि स्पष्टीकरण सोधेको थियो।

तर केही दिनयता पार्टी एकीकरणका लागि भन्दै वार्ता र छलफलहरु भएपछि स्पष्टीकरण सोधर कारबाही गरिएका नेताहरुको कारबाही फुकुवा गरिएको थियो।

प्रकाशित: May 22, 2021| 13:10 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।