बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणका लागि कर्णालीमा चिकित्सक गाउँ–गाउँमा खटिए 

कोरोना नियन्त्रणका लागि कर्णालीमा चिकित्सक गाउँ–गाउँमा खटिए 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कोरोना नियन्त्रणका लागि गाउँ–गाउँमा चिकित्सक खटाएको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

सुर्खेत– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कोरोना नियन्त्रणका लागि गाउँ–गाउँमा चिकित्सक खटाएको छ।

प्रतिष्ठानले जुम्लासहित कर्णालीका ७ जिल्लामा १६ जना चिकित्सक खटाएको छ। जसमध्ये जुम्लाको तातोपानी गाउँपालिकामा डा. कमल न्यौपाने, पातारासी गाउँपालिकामा प्राध्यापक डा. सुनिल बुढाथोकी, कनकासुन्दरी गाउँपालिकामा डा. कमल थानी, सिंजा गाउँपालिकामा उपप्राध्यापक सुजता ओझा, हिमा गाउँपालिकामा उपप्राध्यापक मेनिका लामा, गुठीचौर गाउँपालिकामा उपप्राध्यापक निर्मला पहाडीलाई खटाएको छ।

त्यस्तै कोरोना रोकथाम तथा उपचारका लागि अन्य ६ जिल्लामा पनि चिकित्सकहरु खटाएको छ। प्रतिष्ठानले रुकुम पश्चिममा सहप्राध्यापक डा. अनुप मंगल समाल र उपप्राध्यापक सिला, डोल्पामा डा. अभिषेक ठाकुर र सिनियर अहेव कमेन्द्र न्यौपाने, कालिकोटमा डा. रिविन खापुङ्ग र डा. सुवि बस्न्यात, हुम्लामा सहायक प्राध्यापक डा. मानिक न्यौपाने, राजबहादुर खत्री र मुगुमा सहायक प्राध्यापक डा. शिद्धार्थ ध्वज खाती र डा. रेखा कार्कीका खटाएको हो। 

कोरोना रोकथाम र उपचारका गाउँगाउँमा स्वास्थ्यकर्मीहरु खटाइएको प्रतिष्ठानका प्रवक्ता डा. रमेशराज भट्टराईले जानकारी दिए। ‘कोरोना नियन्त्रणका लागि जुम्लाका सबै स्थानीय तह र अन्य ६ जिल्लामा चिकित्सकहरु खटाएका छौँ,’ भट्टराईले भने, ‘जुम्लाको टोली गाउँ–गाउँमा पुग्छ, अन्य जिल्लाको टोलि कोरोना अस्पतालमा खटिन्छ।’ प्रतिष्ठानले आइतबार (भोलि) बाट खटिनेगरी शुक्रबार चिकित्सकलाई विभिन्न जिल्लामा खटाएको हो।

यसअघि पनि प्रतिष्ठानले नेपालगञ्जको भेरी अस्पतालमा डा. प्रवीणकुमार गिरीको नेतृत्वमा डा. हरि न्यौपाने, डा. अरुण श्रेष्ठ, स्टाफनर्स तेन्जी तामाङ, सीता खड्का र हेल्थ असिस्टेन्ट नरेन्द्र शर्मालाई खटाइ सकेको छ। गत बर्ष पनि प्रतिष्ठानले गाउँगाउँमा चिकित्सक सहित स्वास्थ्यकर्मीलाई गाउँ पठाएको थियो।
 

प्रकाशित: May 22, 2021| 12:12 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।