बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज ८,९८० जनामा संक्रमण पुष्टि, १२९ काे मृत्यु, ८,८४८ संक्रमणमुक्त

आज ८,९८० जनामा संक्रमण पुष्टि, १२९ काे मृत्यु, ८,८४८ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरेकामध्ये ८ हजार ५९१ जनामा पोजेटिभ देखिएको हो। भने एन्टिजेन परीक्षणबाट ३८९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो। 

पछिल्लो २४ घण्टामा कुल २० हजार १०५ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १२९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ।

हाल मुलुकभर १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित छन्।

प्रकाशित: May 22, 2021| 11:43 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।