बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादीले संसद विघटनविरुद्ध सबै शक्तिसँग एकताबद्ध भएर संघर्ष गर्ने

माओवादीले संसद विघटनविरुद्ध सबै शक्तिसँग एकताबद्ध भएर संघर्ष गर्ने

नेकपा माओवादी केन्द्रले संसद विघटनविरुद्ध सबै शक्तिसँग एकताबद्ध भएर संघर्ष अघि बढाउने निर्णय गरेको छ। 
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले संसद विघटनविरुद्ध सबै शक्तिसँग एकताबद्ध भएर संघर्ष अघि बढाउने निर्णय गरेको छ। 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘स्थायी कमिटीको बैठकले मध्यराति राष्ट्रपति र प्रधानमन्त्री मिलेर गरेको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमको भत्सर्ना गरेको छ, ‘उनले भने, ‘सबै शक्तिसँग एकताबद्ध भएर संघर्ष गर्छौं।’

उनले कोरोना भाइरसको महामारी तीव्र बनिरहेका बेला सडक संघर्षको कार्यक्रम अहिले नगरिने बताए। उनले जनताको जीवन रक्षा गर्दै प्रतिवाद गरिने बताए। 

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध नागरिक समाज, पेशाकर्मी, बुद्धिजिवीलगायत सबैलाई संविधान र लोकतन्त्रको रक्षाका लागि आह्वान गरेको छ।

प्रकाशित: May 22, 2021| 11:10 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।