काठमाडौं- विपक्षी गठबन्धनले कानूनविद्हरुसँग छलफल गर्ने भएको छ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कानूनविदहरुसँग केहीबेरपछि छलफल गर्न लागिएको एक नेताले जानकारी दिए।
प्रधानमन्त्रीले चालेको कदमका बारेमा छलफल गर्न लागिएको उनले जानकारी दिए। केही कानून व्यवसायीले आफ्नो अभिव्यक्तिमार्फत् नेताहरूलाई बहुमत सांसदसहितको हस्ताक्षर लिएर सर्वोच्चमा रिट दायर गर्न भनिसकेका छन्।
आज बिहान बसेको विपक्षी गठबन्धनको बैठकले पनि १४९ जना सांसदका तर्फबाट सर्वोच्चमा रिट दायर गर्ने निष्कर्ष निकालेका थिए।