बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अष्टलक्ष्मीसहित बागमतीका १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण

अष्टलक्ष्मीसहित बागमतीका १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण

स्पष्टीकरण सोधिएका सांसदहरुमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, वसन्तप्रसाद मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवाल छन्।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं– एमालेले बागमती प्रदेशसभा सदस्य एवम् स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित १४ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै एमालेले उनीहरुमाथि कारबाही अघि बढाएको हो।

मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको संसदीय दलको बोर्ड बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए। उनका अनुसार आइतबार साँझ ५ बजेभित्र स्पष्टीकरण बुझाइन सक्न समय तोकिएको छ। 

संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिविधि गरेको र चुनावमा पार्टीलाई पराजित गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुमाथि कारबाहीस्वरुप प्रक्रिया अघि बढाइएको हो।  संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको हो। 

स्पष्टीकरण सोधिएका सांसदहरुमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, वसन्तप्रसाद मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवाल छन्।

प्रकाशित: May 22, 2021| 09:28 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।