बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई आयोगको सुझाव

एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई आयोगको सुझाव

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभा विघटनपछि कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचन घोषणा गरिएको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभा विघटनपछि कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचन घोषणा गरिएको छ।

निर्वाचन घोषणा गरेपछि शनिबार बिहान प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका थिए। छलफलमा आफूहरुले सुरक्षाको व्यवस्था गरेर एकै चरणमा निर्वाचन गर्दा आर्थिक व्यवभार पनि कम हुने र सहज हुने सुझाव दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनले आफूहरुसँग एकै चरणमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक कार्ययोजनासमेत रहेको बताए।

‘निर्वाचनको विषयमा नै कुराकानी भएको हो। निर्वाचन यो कारणले घोषणा गर्नुपर्यो भने प्रधानमन्त्रीले भन्नुभयो,’उनले भने,‘निर्वाचनको तयारी र आयोगको अपेक्षाका बारेमा जानकारी लिनुभएको हो।’

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार नीतिगत, निर्वाचन कानुनका कुरा लगायतका बारेमा प्रधानमन्त्रीलाई जानकारी दिइएको छ। ‘महामारीका बीचमा निर्वाचनको तयारी गर्दा आउने चुनौती अप्ठ्यारा, स्रोत साधन, निर्वाचन सुरक्षाको विषयमा हामीले जानकारी गरायौं,’उनले भने, ‘प्रधानमन्त्री ज्यूले महामारीका निर्वाचनको अवधिसम्म केही नियन्त्रण पनि होला। महामारीका बीचमा पनि विश्वमा निर्वाचन भएका छन्। त्यसमा पनि ध्यानमा राखेर काम गर्नुस् भन्नुभयो।’

निर्वाचनका कारणले थप भयावह स्थिति सिर्जना नहुने तर्फ सचेत रहन पनि प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए। दुई चरणमा नै गर्ने भए पनि सुरक्षाको बन्दोवस्तो सहित कुन कुन जिल्ला कसरी राख्ने भन्ने बारेमा पनि कुराकानी भएको छ। छलफलमा अर्थमन्त्री विष्णु पौडेलले मितव्ययी रुपले खर्च गर्न भनेको र त्यसका लागि अर्थ मन्त्रालयले खर्चको अभाव हुन नदिने बताएका थिए। 

आयोगका पदाधिकारीहरुले सरकारले निर्वाचन घोषणा गरिसकेकाले आफूहरुले तयारी तीव्र बनाउने जानकारी गराएका थिए।  प्रतिनिधिसभा विघटन भइसके पछि ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक अवस्था रहेको भन्दै प्रधानमन्त्रीले कुनै पनि वहानामा सार्ने र नगर्ने भन्ने नहुने बताएका थिए।

प्रकाशित: May 22, 2021| 08:30 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।