बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कीट खरिद गरेर प्रदेश अस्पताललाई दिन सुर्खेतका स्थानीय तहलाई आग्रह

कीट खरिद गरेर प्रदेश अस्पताललाई दिन सुर्खेतका स्थानीय तहलाई आग्रह

जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्थानीय तहलाई पीसीआर र एक्स्ट्राक्सन कीट खरिद गरेर प्रदेश अस्पताललाई दिन आग्रह गरेको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

सुर्खेत - जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्थानीय तहलाई पीसीआर र एक्स्ट्राक्सन कीट खरिद गरेर प्रदेश अस्पताललाई दिन आग्रह गरेको छ। कीट अभावले परीक्षणमा ढिलाइ भइरहेको भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो।

विगत एक वर्षदेखि प्रदेश अस्पतालको समन्वयमा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ।

परीक्षण गराउनेहरूको दायर बढेको र कीट अभाव भइरहेको भन्दै स्थानीय तहलाई तत्काल कीट खरिद गरेर अस्पताललाई दिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाए। 

‘सुर्खेतमा परीक्षण गर्नुपर्ने नमुना अत्यधिक छन्,’ रिजालले भने, ‘प्रयोगशालामा कीट अभाव हुन थालेपछि सबै स्थानीय तहलाई कीट खरिद गरेर अस्पताललाई दिन आग्रह गरेका छौँ।’ 

संक्रमण तीव्र गतिमा फैलिएपछि सुर्खेतमा दैनिक ३०० देखि एक हजारसम्म नमुना परीक्षण हुँदै आएका छन्। 

सुर्खेतमा हाल तीन हजार ७९ जना सक्रिय संक्रमित छन्।
 

प्रकाशित: May 22, 2021| 07:37 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।