बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपक्षी दलको बैठक सुरु, आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी

विपक्षी दलको बैठक सुरु, आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी

प्रतिनिधि सभा विघटन भएपछि आगामी रणनीति तय गर्न विपक्षी दलको संयुक्त बैठक सुरू भएकाे छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं - प्रतिनिधि सभा विघटन भएपछि आगामी रणनीति तय गर्न विपक्षी दलको संयुक्त बैठक सुरू भएकाे छ। बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बसिरहेकाे छ। 

नेपाली कांग्रेसको आह्वानमा माओवादी केन्द्र, एमाले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, जसपाको उपेन्द्र-बाबुराम पक्ष तथा राष्ट्रिय जनमोर्चाको बैठक बसेकाे हाे। 

दलहरूले बैठकबाट संसद् विघटन गर्ने कदमविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताएका छन्। संविधानविद्हरूले १४९ जना सांसदकाे हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुपर्ने सुझावसमेत दिएका छन्। आजको बैठकले विभिन्न विषयमा छलफल गरेर कार्यक्रम सार्वजनिक गर्नेछ।

प्रकाशित: May 22, 2021| 06:11 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।