बुधबार, भदौ १०, २०८३

वडा कार्यालयमा चोरी, स्वास्थ्य भवनमा आगजनी प्रयास

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा चोरी भएको छ भने स्वास्थ्यको भवनमा आगजनीको प्रयास भएको छ ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

धनगढी- कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा चोरी भएको छ भने स्वास्थ्यको भवनमा आगजनीको प्रयास भएको छ ।

गए राती वडा कार्यालयको ताला तोडेर एलसीडीसहित चार हजार रुपैयाँ र मोटर चोरी भएको हो। वडा कार्यालयमा सिसि क्यामेरा जडान गरेको भए पनि चोरले कम्युटरको हार्डडिस्कमा क्षती पुर्याएर फालेको अवस्थामा भेटिएपनि सो मा भएको फुटेज हेर्न नसकिएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताए । 

'हार्डडिस्क खेले चोर पत्ता लाग्न सक्छ,' अध्यक्ष लाजुराम चौधरीले भने, ‘पहिले र अहिलेको चोरीको घटनाको प्रकृति एउटै पहिले चोरी गर्नेले नै अहिले पनि चोरी गरेको हुनुपर्छ। वडा कार्यालय घेरवार गरिएको छैन, जड्याहा वा लागुऔषध प्रयोग कर्ताबाट चोरी भएको हुनुपर्छ ।’

चौधरीले वडाको स्वास्थ्य कार्यालयमा आगजनीको प्रयास भएको बताए। स्वास्थ्य कार्यालयको भवनको ताला तोडेर ढोकामा पराल लगाइएको छ उनले भने, घटनामा संलग्नलाई पक्राउँ गर्न प्रहरीले अनुसन्धान गरिरहको छ ।

जिल्लामा कोरोना संक्रमणको दर उच्च भएकाले बैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेध आदेश जारी गरेको छ।

प्रकाशित: May 22, 2021| 06:05 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।