काठमाडौं - प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद् र दलका शीर्ष नेताहरूसँग परामर्श सुरु गरेका छन्।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सभामुखले परामर्श सुरु गरेको जानकारी दिए। उनका अनुसार आफ्नो धारणा सार्वजनिक गर्नुअघि सभामुख सापकोटाले परामर्श थालेका हुन्। आज नै सभामुखले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान १:४९ बजे प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन्। प्रधानमन्त्री सिफारिसमा मध्यरातमा संसद् विघटन भएपछि त्यसको चौतर्फी विरोध भएको छ।