काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल थालेका छन्।
प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको घोषणा भएपछि प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीहरूसँग छलफल गरिरहेका हुन्।
बालुवाटारमा अहिले छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ। प्रमुख निर्वाचन आयुक्त र अन्य आयुक्तहरूसँग निर्वाचनको तयारी लगायतबारे छलफल सुरु गरेका हुन्।
छलफलमा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल सहभागी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।