बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक, माधव नेपालसहितका नेताहरूलाई कारबाही गर्ने सम्भावना

ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक, माधव नेपालसहितका नेताहरूलाई कारबाही गर्ने सम्भावना

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटीको बैठक बोलाएका छन्।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटीको बैठक बोलाएका छन्।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको स्थायी कमिटीको बैठक बस्न लागेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

प्रतिनिधिसभा विघटन पछिको रणनीतिका विषयमा छलफल गर्न आज ओलीले आकस्मिक स्थायी कमिटीको बैठक बोलाएका हुन्। उच्च स्रोतका अनुसार आजको स्थायी कमिटी बैठकबाट उनले एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपालसहितका नेताहरूलाई कारबाही गर्ने सक्ने देखिएको छ। 

बागमती प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न र हिजो शेरबहादुर देउवाले प्रधानमन्त्री दाबी गर्ने प्रस्तावमा माधव नेपाल पक्षका सांसदहरूले समेत हस्ताक्षर गरेपछि ओली आक्रोशित बनेका छन्।

एक स्थायी कमिटी सदस्यले अब पार्टीले माधव नेपाल लगायत नेताहरूलाई माफी नदिने भन्दै आजको बैठकले नै कारबाही गर्ने बताए।

प्रकाशित: May 22, 2021| 05:21 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।