बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाललाई ‘धुन्धुकारी’ भन्दै सूर्य थापाले लगाए पाँच खोट

माधव नेपाललाई ‘धुन्धुकारी’ भन्दै सूर्य थापाले लगाए पाँच खोट

प्रधानमन्त्रीका प्रेस सल्लाहाकारसमेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई धुन्धुकारीको संज्ञा दिएका छन्।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं - प्रधानमन्त्रीका प्रेस सल्लाहाकारसमेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई धुन्धुकारीको संज्ञा दिएका छन्।

प्रतिनिधिसभा विघटन भएपछि सामाजिक सञ्जालमा उनले माधव नेपालका पाँच अक्षम्य अपराध भन्दै उनलाई धुन्धुकारी भनेका हुन्। 

यी हुन् थापाले भनेका नेपालका अपराधहरूः

१. कर्णाली प्रदेशमा फ्लोरक्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग 

२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरूद्ध गठबन्धन निर्माणमा गोप्य साठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दृगराज पाण्डे र अमरबहादुर डाँगीको बिक्री तथा रहस्यमय राजीनामाको लागि गुप्त निर्देशन

३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिनआफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साठगाँठ 

४. बागमती प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टीविरोधी व्यक्तिलाई मतदान 

५. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कीर्ते र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरीयतामा उपस्थित 

उनले एमालेको नेतृत्वमा रहेको सरकार ढालेर जनमतविपरीत नेपाली कांग्रेसको गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न नेपालले गरेका अपराधहरूको भर्त्सना गर्न भनेका छन्। उनले अपना नाम धुन्धुकारी कहो पट्टु विचरा भन्दै टिप्पणी गरेका हुन्।

प्रकाशित: May 22, 2021| 04:52 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।