बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान र लोकतन्त्रमाथिको प्रहारलाई जनताले क्षमा गर्ने छैनन् : प्रकाशमान सिंह

संविधान र लोकतन्त्रमाथिको प्रहारलाई जनताले क्षमा गर्ने छैनन् : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने बताएका छन्। 
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं - कांग्रेस नेता प्रकाशमान सिंहले संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने बताएका छन्। 

सामाजिक सञ्जालमार्फत् उनले एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको बताएका हुन्। 

‘अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन्,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद् भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नु कुन मानवीयताले दिनसक्छ ? यो निकृष्ट कर्म हो।’

प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसद्माथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरे पनि कम हुने उनको भनाइ छ। 

‘देशले कसैको सनक र अहंकारको मूल्य चुकाउन सक्दैन। मध्यरातमा चालिएको असंवैधानिक कदमको म घोर भर्त्सना गर्दछु। बाचौं र बचाऔं,’ उनले भनेका छन्। 

प्रकाशित: May 22, 2021| 03:42 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।