काठमाडौं - कांग्रेस नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन्।
आज ट्वीट गर्दै भनेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद! विघटन,पुनस्र्थापित संसदको अपमान,विश्वासको मतको नाटक, ७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५)को आह्वान, अनुकूल नभएपछि फेरि विघटन! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए!’
यस्तै उनले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको प्रतिरोध गर्न पनि उनले आह्वान गरेका छन्।
‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिने वाला छैनन्,’ उनले लेखेका छन्, ‘नेतागण! नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’