काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भइरहेको बताएका छन्।
मध्यावधि चुनाव भनेर संघीय गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भइरहेकाले एकजुट भएर प्रतिवाद गर्न उनले आह्वानसमेत गरेका छन्।
आज ट्वीट गर्दै उनले भनेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत सुरू भएको थियो, त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो। एकजुट होऊॅ, प्रतिवाद गरौं!’
