काठमाडौं - स्विट्जरल्यान्ड सरकारले नेपाललाई झन्डै एक अर्ब रूपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग पठाएको छ।
शुक्रबार स्विटरल्यान्डको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाललाई ७५ लाख स्विस फ्र्यांक (९७ करोड ५० लाख नेपाली रूपैयाँ) बराबरका स्वास्थ्य सामग्री पठाइएको जानकारी दिएको हो।
कोरोना भाइरसविरुद्ध नेपालले कठिन लडाईं लडिरहेको भन्दै स्विट्जरल्यान्डले त्यसमा सहयोग गर्न नेपाललाई स्वास्थ्य सामग्री पठाएको मन्त्रालयको भनाइ छ। करिब ३० टन बराबरका स्वास्थ्य सामग्री नेपालका लागि शुक्रबार छुटेको समेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्विट्जरल्यान्डले नेपाल पठाएका स्वास्थ्य सामग्रीमा ११ लाख थान एन्टिजेन टेस्ट किट, ४० थान रेस्पिरेटर, १० थान अक्सिजन कन्सन्ट्रेटर र व्यक्तिगत सुरक्षा कवच (पीपीई) छन्। नेपाल ल्याएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ती सामग्री प्रदान गरिने स्विस परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आवश्यकताअनुसार अस्पतालहरूमा सामग्री वितरण गर्नेछ।
कोरोना महामारीविरुद्ध जुध्नका लागि स्विट्जरल्यान्डले नेपाललाई एक करोड २० लाख स्विस फ्र्यांक बराबरको सहयोग गर्ने प्रतिबद्धता गरेको छ।
#Switzerland ?? sends 30 tonnes of medical aid supplies to #Nepal ?? today ✈️
— Swiss MFA (@SwissMFA) May 21, 2021
? 1.1 million antigen tests
? 40 respirators
? 10 oxygen concentrators
? Protective equipment
▶️ https://t.co/HzSrAonrXj @SwissHumAidUnit @SwissDevCoop pic.twitter.com/0w16G7NV19