बुधबार, भदौ १०, २०८३

संसद् भंग, मध्यावधि निर्वाचन कात्तिक २६ र मंसिर ३ गते

सरकारले संसद् भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि संघीय संसद्को मध्यावधि निर्वाचन मिति सिफारिस गरेको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– सरकारले संसद् भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि संघीय संसद्को  मध्यावधि निर्वाचन मिति सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार राति बैठकले संसद् भंग गरी राष्ट्रपतिसमक्ष चुनाव मिति सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष पेस गरेको दाबी खारेज भएपछि नयाँ निर्वाचनकाे ढाेका खुलेकाे हाे। 

शुक्रबार मध्यरातमा बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

संविधानको धारा ७६ (७) मा लेखिएको छ, ‘ उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ।'

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति

प्रकाशित: May 21, 2021| 19:21 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।