काठमाडौं– माओवादी केन्द्रका नेता वर्षमान पुनले शुक्रबार मध्यराति दुवै नेताको प्रधानमन्त्री बन्ने दाबी खारेज गरेर राष्ट्रपतिबाट डकैती भएको आरोप लगाएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री बन्नका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले पेस गरेको दाबी खारेज भएको छ। यसपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ।