बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‌ओली र देउवाको दाबी खारेजीपछि मध्यरातमा मन्त्रिपरिषद् बैठक, के होला निर्णय?

‌ओली र देउवाको दाबी खारेजीपछि मध्यरातमा मन्त्रिपरिषद् बैठक, के होला निर्णय?

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा शुक्रबार मध्यरात मन्त्रिपरिषदको बैठक बोलाएपछि  प्रधानमन्त्री निवास बालुवाटारमा माैजुदा मन्त्रीहरु जम्मा भएका हुन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं- राष्ट्रपतिबाट प्रधानमन्त्री बन्ने केपी शर्मा ओली र शेरबहादुर देउवाको खारेजीपछि शुक्रबार मध्यरातमा मन्त्रिपरिषद् बैठक बसेको छ। 'बालुवाटारबाट सूचना आयो त्यसैले हामी यहाँ छौं', एक मन्त्रीले भने, 'बैठक एक छिनमा सुरु हुनेछ। खासगरी राष्ट्रपतिले दुवै दाबीलाई खारेज गरेपछि बैठक बोलाइएको हो।'

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा शुक्रबार मध्यरात मन्त्रिपरिषदको बैठक बोलाएकापछि  प्रधानमन्त्री निवास बालुवाटारमा माैजुदा मन्त्रीहरु जम्मा भएका हुन्। यसअघि शुक्रबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेकाले नियुक्ति गर्न नमिल्ने ठहर गरेकी थिइन्।

मध्यराति बोलाइएको बैठकमा उत्पन्न नयाँ परिस्थितमा कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गर्ने र नयाँ केही निर्णय तय गर्ने बताइएको छ। संवैधानिक प्रावधानअनुसार ७६(५) को सरकार गठन हुन नसकेको अवस्थामा अब ओलीले नै ताजा जनादेशका लागि प्रतिनिधिसभाको विघटन सिफारिस गर्न सक्ने अनुमान बालुवाटारमा जम्मा भएका मन्त्रीहरुको छ। 

प्रकाशित: May 21, 2021| 18:33 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।