काठमाडौं- एमालेमा माधव नेपाल गुटमा सक्रिय सांसद योगेश भट्टराईले उक्त समूह छाडेको संकेत दिएका छन्। पछिल्लो समय एमाले एकतामा जोड दिन थालेका भट्टराईले आज भने कित्ता क्लियर गरेका हुन्।
उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल समूह छोडेको संकेत गरेका छन्। पार्टी एकतालाई जोगाउन सकिन्छ कि भनेर यस्तो निर्णय गरेको समेत उनले उल्लेख गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्यांकनमा खडा छु।'