बुधबार, भदौ १०, २०८३

राष्ट्रपतिलाई सुध्रिने अन्तिम मौका : गगन

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले १५३ जना सांसदको समर्थन भएको भए सरकारले संविधानको धारा ७६ (३) अन्तर्गत विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको भनेर प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन्। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले १५३ जना सांसदको समर्थन भएको भए सरकारले संविधानको धारा ७६ (३) अन्तर्गत विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको भनेर प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन्। 

'प्रमले नै म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६ (५) को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको भन्दै आह्वान गर्ने। अब फेरि जालझेल!

यो प्रष्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन, अवैधानिक र अनैतिक छ। राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ। नभए भिरबाट खस्ने लाई राम राम,' थापाले ट्विट गरेका छन्। 

प्रकाशित: May 21, 2021| 15:10 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।