बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवालाई समर्थन गर्ने सांसदलाई एमालेले कारबाही गर्ने

देउवालाई समर्थन गर्ने सांसदलाई एमालेले कारबाही गर्ने

नेकपा (एमाले) ले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने सांसदलाई कारबाहीको चेतावनी दिएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– नेकपा (एमाले) ले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने सांसदलाई कारबाहीको चेतावनी दिएको छ।

अध्यक्ष केपी ओली निकट सांसद तथा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपालगायत सबै सांसद एमाले संसदीय दलका सदस्य भएको भन्दै त्यसो गर्नै नसक्ने प्रतिक्रिया दिए।

‘शेरबहादुर देउवालाई समर्थन गरेको हो भने उहाँहरु सांसद रहनुहुन्न। यो कुराको जानकारी राष्ट्र«पति कार्यालयलाई पनि गराइसकेका छौं। उहाँहरु छानबिनको दायरा हुनुहुन्छ। कतिपयले त हस्ताक्षर दुरुपयोग भयो भन्नुभएको छ।’

हिजो बिहीबार राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा एमालेको माधव नेपाल पक्षका कतिपय मतदाताले पार्टीका उम्मेदवार रामबहादुर थापालाई भोट हालेका थिएनन्। ‘हिजोको घटनाबाट पनि उहाँहरु (माधव नेपाल पक्ष) एमालेमा नरहने देखियो,’ तामाङले भने। 

केपी ओलीले प्रधानमन्त्रीका लागि पर्याप्त आधार प्रस्तुत गरेको उनले दाबी गरे। प्रधानमन्त्री ओलीले १५३ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन्। 
 

प्रकाशित: May 21, 2021| 15:00 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।