बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य पूर्वाधार विकासका लागि गण्डकीका सबै पालिकालाई ५–५ लाख

स्वास्थ्य पूर्वाधार विकासका लागि गण्डकीका सबै पालिकालाई ५–५ लाख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशका ७३ वटै पालिकालाई स्वास्थ्य पूर्वाधार विकासका लागि ५–५ लाख रुपैयाँ विनियोजन गरेका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशका ७३ वटै पालिकालाई स्वास्थ्य पूर्वाधार विकासका लागि ५–५ लाख रुपैयाँ विनियोजन गरेका छन्। उनले मागका आधारमा सो रकमबाहेक थप रकम पनि उपलब्ध गराउने बताएका छन्। 

सो रकम कोभिड–१९ रोकथामका लागि स्वास्थ्य सामग्रीका लागि पालिकाहरुले खर्च गर्न सक्ने मन्त्रालयले जनाएको छ। 

सो क्रममा मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिँदै उनले स्वास्थ्य मन्त्रालयलाई स्मार्ट बनाउने प्रदेश सरकारको योजनालाई कार्यान्वयन गर्नुपर्ने बताए। कोरोनाको थप लहरहरुको रोकथाम र उपचारको लागि खोप र अक्सिजन प्लाण्टहरुमा जोड दिनुपर्ने बताउँदै गुरुङले जिल्ला अस्पतालहरुको सुदृढीकरण गर्ने योजना पनि अघि सारेका छन्। 

प्रदेशमा गरिने पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउन निर्देशन दिँदै गुरुङले होम आइसोलेसनमा बसेकाहरुलाई परामर्श र मेडिकल किटहरु उपलब्ध गराउनुपर्ने बताए। 

यही जेठ ५ गते मन्त्रीमण्डल विस्तार गरेका गुरुङले प्रदेशमा मौजुद रहेका ८ वटा मन्त्रालय फुटाएर ११ वटा बनाएका छन्। मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य ततथा जनसंख्या मन्त्रालय आफैसँग राखेका हुन्। यस अघि सोही मन्त्रालय फुटाएर स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइएको थियो।

प्रकाशित: May 21, 2021| 12:55 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।