बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक सातामै ५८ हजारभन्दा धेरै संक्रमित थपिए, १३ सय ५५ को मृत्यु

एक सातामै ५८ हजारभन्दा धेरै संक्रमित थपिए, १३ सय ५५ को मृत्यु

स्वास्थ्य मन्त्रालयले जेठ महिनामा १ लाख ७४५ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– जेठको एक सातामा देशभर ५८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठको १ सातामै ५८ हजार ७० जना कोरोना संक्रमित थपिएका हुन्। 

त्यस्तै सोही अवधिमा ४७ हजार १८३ संक्रमित संक्रमणमुक्त भएका छन्। एक हप्ताको अवधिमा १ हजार ३५५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले जेठ महिनामा १ लाख ७४५ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ। तर एक हप्तामा नै सरकारको प्रक्षेपणको आधा संक्रमित थपिइसकेका छन्। यही गतिमा संक्रमण फैलिए सरकारको प्रक्षेपणभन्दा दोब्बर हुने देखिएको छ।

यस्तो छ एक हप्ताको तथ्यांक 

मिति    संक्रमित     संक्रमणमुक्त     मृत्यु
जेठ १    ८,१६७       ५,४५५              १८७
जेठ २    ७३६८        ६६४८               १४५
जेठ ३    ९२४७        ५७६७               २१४
जेठ ४    ८२०३       ६८९१                १९६
जेठ ५    ८१७३      ७९८९                 २४६
जेठ ६    ८३०५      ६५४३                 १९०
जेठ ७    ८६०७     ७८९०                  १७७

प्रकाशित: May 21, 2021| 13:20 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।