बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपा अध्यक्ष थापा भन्छन्– दुवै दाबी किर्ते हुन्, खारेज गरियोस् 

राप्रपा अध्यक्ष थापा भन्छन्– दुवै दाबी किर्ते हुन्, खारेज गरियोस् 

राप्रपा अध्यक्ष कमल थापाले राष्ट«पतिलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदका लागि दाबी गरिएको निवेदन दुवै किर्ते भएको आरोप लगाएका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले राष्ट«पतिलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदका लागि दाबी गरिएको निवेदन दुवै किर्ते भएको आरोप लगाएका छन्। राष्ट्रपतिको आह्वानबमोजिम प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि दाबी गरेका थिए।

थापाले दुवै दाबीमा संविधानको धारा ७६ (५) अनुसार विश्वासको मत प्राप्तगर्ने आधार नभएको बताएका छन्। थापाले ट्विट गर्दै उनले भनेका छन्, ‘दुवै जाली र किर्ते हुन्। दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा होस्।’ उनले दलहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको आरोप लगाएका छन्।  ‘लोकतन्त्रको नाममा ब्रह्मलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ’,उनले भनेका छन्।

प्रकाशित: May 21, 2021| 12:31 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।