बुधबार, भदौ १०, २०८३

हस्ताक्षर दुरुपयोग भयो : नेपाल पक्षीय सांसद राई 

एमाले सांसद जयकुमार राईले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन नरहेको भन्दै राष्ट्रपतिलाई निवेदन दिएका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– एमाले सांसद जयकुमार राईले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन नरहेको भन्दै राष्ट्रपतिलाई निवेदन दिएका छन्।आफूसहितको हस्ताक्षर गरेर समर्थन रहेको विषयमा उनले आपत्ति जनाएका हुन्। सुनसरी १ बाट निर्वाचित सांसद राईले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएका हुन्। उनी माधवकुमार नेपाल पक्षका सांसद हुन्। 

यसअघि देउवाले बुझाएको नामावलीमा राईसहित २७ सांसदको हस्ताक्षर छ। राईले विज्ञप्तिमा आफू एमालेको प्रतिनिधिसभा सदस्य रहेको र पार्टी अध्यक्ष एवम् संसदीय दलका नेताविरुद्ध नरहेको प्रस्ट पारेका छन्।

 

प्रकाशित: May 21, 2021| 12:09 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।