बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट महोत्तरीमा एकै बस्तीका १३ को मृत्यु

कोरोना संक्रमणबाट महोत्तरीमा एकै बस्तीका १३ को मृत्यु

महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

महोत्तरी - महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ। कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो। मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पीसीआर परीक्षण भएको थिएन।

चारैतिर कोभिड–१९ संक्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ। मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन्। 

रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताए। 'बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पुर्‍याएका थिए, अरु घरमै मरे', दाहालले भने, 'अस्पताल पुर्‍याइएका दुई जनाको पनि पिसिआर परीक्षण भने गरिएको थिएन।'

महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्यष्टिमा सामेल हुन छाडेको दाहालले बताए। पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने गरेको उनको भनाइ छ। 

कोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पिसिआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताए।

आफ्नो वडा बस्तीमा भएको मानवीय क्षति र घरघरैजसो रहेका बिरामीमा कोभिड–१९ को लक्षण रहेको वडाअध्यक्ष अशोककुमार महतोको भनाइ छ। अहिले बिरामी रहेकामध्ये धेरैजसोमा कोभिड–१९ कै लक्षण देखिएको महतो बताउछन्। बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले जानकारी दिए।

'पिसिआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौं', वडाअध्यक्ष महतोले भने, 'सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसकिदा ढिलाइ भएको हो।' अब बस्तीस्तरमै पिसिआर परीक्षणका लागि स्वाव सङ्कलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ।

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी रहेको र जाँच, उपचारका लागि जनशक्तिको प्रवन्ध गरिने बताए।

जिल्लामा यसपालि गत वैशाख १४ गते कोभिड—१९ सङ्क्रमण पुष्टिले पहिलो मृत्यु भएको थियो। त्यसयता आज (शुक्रबार) बिहान ७ बजेसम्म जम्मा ४१ जनाको संक्रमण पुष्टि भएर मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

जिल्लामा यसपालि एक हजार ५३८ जनामा सङ्क्रमण पुष्टि भएको छ। यीमध्ये एक हजार ३८२ जनामा सक्रिय सङ्क्रमण रहेको कार्यालयका कोभिड—१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिए। यसपालि ११५ जनाले सङ्क्रमण जितेका छन्।

गतवर्ष वैशाखदेखि कात्तिकसम्म १८ जनाको सङ्क्रमणले मृत्यु भएको थियो भने दुई हजार १४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गतवर्ष सक्रिय संक्रमितको संख्या भने ९०० को हाराहारीमा रहेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: May 21, 2021| 08:24 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।