बुधबार, भदौ १०, २०८३

हिजोको हर्कतको हिसाबकिताब हुन्छ : ओली

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासनहिनता र अराजकता नचल्ने चेतावनी दिएका छन्। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासनहिनता र अराजकता नचल्ने चेतावनी दिएका छन्। 

बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले पार्टीको माधव नेपाल समूहलाई लक्षित गर्दै भने, ‘हिजोमात्रै पनि उहाँहरुबाट अनैतिक काम भएको छ। त्यसको हिसाबकिताब हुन्छ।’

हिजो राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा माधव नेपाल पक्षका मतदाताले मत नदिएपछि एमालेका उम्मेदवार रामबहादुर थापाले हारेका थिए। 

कर्णाली प्रदेशमा पनि नेपाल पक्षका सांसदले फ्लोर क्रस गरेको स्मरण गर्दै उनले भने, ‘संसदीय व्यवस्थामा यो असाधारण दण्डनीय हो दलीय हिसाबले। समानान्तर कमिटी बनाउनेदेखि सांसदलाई अनुपस्थित गराएर सरकार ढाल्ने प्रयास भएको छ। केपी ओली मन नपरे पनि यो लोकतान्त्रिक आचार भएन भन्ने कुरा भन्नुपर्ला र? 

एउटा मापन, स्ट्यान्डर्ड त हुनुपर्ला नि। लोकतन्त्र भनेको छाडा र अराजक तन्त्र होइन। यो अनुशासित व्यवस्थित प्रणाली हो। यो कानुनको राजमा चल्छ।’

प्रकाशित: May 21, 2021| 08:00 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।