बुधबार, भदौ १०, २०८३

मेरो पहिलो ‘च्वाइस’ म आफैं हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाउने विषयमा पहिलो ‘च्वाइस’ आफू नै भएको बताएका छन्। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाउने विषयमा पहिलो ‘च्वाइस’ आफू नै भएको बताएका छन्। 

‘यही सरकारलाई अगाडि बढाउँ वा नयाँ सरकार बनाउँ। मेरो पहिलो च्वाइस म आफैं हो,’ आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘किनकि मलाई अविश्वास प्रस्ताव पनि राखिएन र हटाउन पनि सकिएन।’ उनले साझा प्रयासबाट अगाडि बढ्नुपर्ने बताएका छन्। 

‘मलाई हटाउने दिनको प्रतीक्षा गर्दा संसद् विघटन हुने दिन आउँछ,’ उनले भने, ‘१२–१३ गते नयाँ सरकार आएर बजेट कसरी तयार गर्छ? त्यसैले यसमा अलमलिनु आवश्यक छैन।’

उनले लोकतन्त्रलाई सुदृढ गर्दै जानुपर्ने भन्दै यो अत्तो थाप्ने प्रणाली नभएको पनि बताए। ‘आज ५ बजेसम्मको समय छ, कसैले वैकल्पिक सरकार दिए ठिक छ,’ उनले भने, ‘अहिले पनि म सहमतिको सरकार, राष्ट्रिय सरकार बनाउँ भनेर आग्रह गरिरहेको छु। लोकतन्त्रलाई सुदृढ गर्दै अगाडि जाउँ यो अत्तो थाप्ने प्रणाली होइन।’

यस्तै प्रतिगमन भयो भन्दै पत्रकारदेखि सबैले खेदेको उनले बताएका छन्। ‘सबै मिलेर प्रतिगमन भयो लडौं भनेर पत्रकारदेखि सबैले खेदे,’ उनले भने, ‘कसले शपथ लिए प्रतिगमन हुने ? ती मान्छेले लोकतन्त्र सिकाउने जसले लोकतन्त्र पराजित गरे, आधामनले मात्रै लोकतन्त्र स्वीकारिरहेका छन्।’

प्रकाशित: May 21, 2021| 07:57 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।