बुधबार, भदौ १०, २०८३

प्रधानमन्त्रीको आक्रोश– राष्ट्रपतिमाथि हमला किन?

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिरक्षा गरेका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिरक्षा गरेका छन्। राष्ट्रपतिलाई महाभियोग लगाउने कुरा सुनेको बताउँदै उनले त्यसो गरे गणतन्त्रविरुद्धको काम हुने तर्क गरे।

उनले भने, ‘कोही राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्छ भन्दैछन्। के कुरा हो यो? राष्ट्रपतिको भूमिका के हो भनेर बुझ्नु पर्दैन? सरकारको सिफारिस कार्यान्वयन गर्नेमात्रै हो राष्ट्रपतिले। उहाँको अधिकार बुझ्नुपर्छ। मेरो सिफारिसप्रति म जवाफदेही छु, मैले गरेको हो राष्ट्रपतिसामु सिफारिस।’

राष्ट्रपतिलाई महाभियोग लगाउने होइन, आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उनले चुनौती दिए– ल्याउm, प्रधानमन्त्रीविरुद्ध ल्याउm अभियोग। किन राष्ट्रपतिमाथि हमला? 

राष्ट्रपतिलाई राजासँग तुुलना गर्दै उनले भने, ‘गणतन्त्रको प्रतीक हो प्रधानमन्त्री, जसरी गणतन्त्र नआउँदा राजा हुन्थे। 
राजा गणतन्त्रमा हुँदैन, राष्ट्रपति राजतन्त्रमा हुँदैन। आफ्नो पार्टीको भएन भन्दैमा राष्ट्रपतिको हुर्मत लिन पाइँदैन।’ 
 

प्रकाशित: May 21, 2021| 07:41 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।