बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक वर्षदेखि सरकार परिवर्तनको खेल भइरहेको छ : प्रधानमन्त्री

एक वर्षदेखि सरकार परिवर्तनको खेल भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षयता सरकार परिवर्तनको खेलमात्रै भइरहेको बताएका छन्। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षयता सरकार परिवर्तनको खेलमात्रै भइरहेको बताएका छन्। 

पत्रकारहरुसँग अन्तरक्रिया गरिरहेका ओलीले भने, ‘सरकार परिवर्तनको खेल विकास निर्माण नभएर वा अरु कुनै कारणले होइन, आग्रहले हो। आफू सरकारमा पुग्ने इच्छा र अस्थायी ढंगले सबै कुरा चलिरहेको देखाउने खेल भइरहेको छ। संसद् नै अशक्त स्थितिमा पुग्यो। सरकार ढाल्ने खेलका कारण सरकारले राम्रोसँग काम गर्न पाएन। कोरोना महामारीको सामना गर्न एकजुट हुनुपर्नेमा सरकार त्यसमा आफैं केन्द्रित हुन पाएन।’

संविधानको व्याख्याअनुसार नै आफूले गत पुसमा संसद् विघटन गरेको जिकिर उनले गरे। अढाइ महिनासम्म पनि अविश्वासको प्रस्ताव नआएको भन्दै उनले नयाँ सरकार बनाउन पनि नसक्ने अनि विश्वासको मत पनि नदिने भन्दै विपक्षीहरुलाई कटाक्ष गरे। 
 

प्रकाशित: May 21, 2021| 07:23 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।