बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ सरकार गठन आह्वानविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगे कानुन व्यवसायी

नयाँ सरकार गठन आह्वानविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगे कानुन व्यवसायी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै कानुन व्यवसायीहरू रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै कानुन व्यवसायीहरू रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। 

अहिलेसम्म ६ जना कानुन व्यवसायी सर्वोच्च अदालत पुगिसकेका छन्।

अधिवक्ता वीरभद्र जोशीले आफूहरू रिट निवेदन लिएर सर्वोच्च अदालत आइपुगेको र दर्ता प्रक्रियामा रहेको बताए। 

अधिवक्ता जोशी, कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्। 

संविधानको ७६(५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी जारी सूचना गैरसंवैधानिक रहेको उनीहरूले रिटमा उल्लेख गरेका छन्।

प्रकाशित: May 21, 2021| 07:19 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।