बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ सरकारका लागि मार्गप्रशस्त गर्दा कृत्रिम र नाटकीय व्याख्या भयो : प्रधानमन्त्री

नयाँ सरकारका लागि मार्गप्रशस्त गर्दा कृत्रिम र नाटकीय व्याख्या भयो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्दा त्यसको कृत्रिम र नाटकीय व्याख्या भएको टिप्पणी गरेका छन्। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्दा त्यसको कृत्रिम र नाटकीय व्याख्या भएको टिप्पणी गरेका छन्। 

अहिले सञ्चारकर्मीहरुसँग कुराकानी गरिरहेका प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपतिसमक्ष मार्गप्रशस्त गरेको र संविधानको धारा ७६ को ५ बमोजिम बाटो खोलेको भनेर सिफारिस गरेको थिएँ। त्यो कुरा बाहिर आएपछि निकै कृत्रिम र नाटकीय व्याख्याहरू हुने गरेको पाइयो। यो असाध्यै नयाँ कुरा अचानक आए जस्तो भयो। यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो। त्यस्तो अवस्थामा संविधानको धारा ७६ (५) मा नै जाने हो।’

बजेटभन्दा अगाडि संसदमा नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्नुपर्ने र त्यसका लागि समय अपुग भएकाले आफूले मार्गप्रशस्त गरेको उनले दाबी गरेका छन्। 

प्रकाशित: May 21, 2021| 07:13 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।