काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धेरै विकल्पमा छलफल भइरहेको र आजै टुंगोमा पुग्ने बताएका छन्।
देउवा निवासबाट सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘छलफल चलिरहेको छ अहिले केही निर्णय भएको छैन,’उनले भने,‘धेरै विकल्प छन्। ती विकल्पमाथी छलफल भइरहेको छ आजै टुंगोमा पुग्छौं।’
प्रचण्ड पार्टीको स्थायी कमिटीको बैठकमा सहभागी हुन देउवा निवासबाट बाहिरिएका हुन्।