काठमाडौं - प्रहरीले मोरङबाट औषधिमा कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–७ का २२ वर्षीय रविन्द्र महतो छन्।
पक्राउ परेका महतो विराटनगर महानगरपालिका-३ स्थित विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक हुन्।
उनले औषधि बिक्री गर्दा वास्तविक खाता र बढी मूल्यको खाता बनाई औषधिमा कालोबजारी गरिरहेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
ग्राहकलाई बढी मूल्य लेखिएको खाता देखाई सोहीअनुसारको मूल्य लिने गरी ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीले रविन्द्र महतोलाई पक्राउ गरी उनी उपर कालोबजारी तथा अन्य ससमाजिक अपराध सजाय ऐनबमोजिम कारबाही गर्ने बताएको छ।