सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यी अत्यावश्यक वस्तुको जाँचपाँस अब बिदाको दिन पनि गर्नुपर्ने

यी अत्यावश्यक वस्तुको जाँचपाँस अब बिदाको दिन पनि गर्नुपर्ने

कोरोना नियन्त्रणका लागि चाहिने २० वटा वस्तुहरूको भन्सार जाँचपास अब छिटो हुने भएको छ। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - कोरोना नियन्त्रणका लागि चाहिने २० वटा वस्तुहरूको भन्सार जाँचपास अब छिटो हुने भएको छ। 

अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ जारी ती वस्तुहरूको भन्सार जाँचपास छिटो गराउन निर्देशन दिएको छ। 

अर्थ मन्त्रालयका अनुसार मेडिकल गार्ड अक्सिजन, भेन्टिलेटरको लागि हेल्मेट, अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन कन्टेनर, अक्सिजन क्यान्सिस्टर, लिक्विड अक्सिजन ट्यांक, सिपिड अक्सिजनको लागि ल्याइएको आईएसओ कन्टेनर,आईसीयू मोनिटर अक्सिजन कन्टेनर भेन्टर मास्कलगायतका २० वटा अत्यावश्यक सामग्रीहरूको आयात गर्दा भन्सार कार्यालयहरूले त्यस्ता सामानको जाँचपासलाई उच्च प्राथमिकता दिनुपर्ने छ। 

कार्यविधिअनुसार अत्यावश्यक मालवस्तु आयात गर्दा पैठारीकर्ताले प्रज्ञापनपत्रका साथ पेस गर्नुपर्ने अन्य कागजात तत्काल पेस गर्न नसकेमा छुट हुनेछ। तर, उसले सामान आयातपछि इमेलमार्फत् भन्सार अधिकृतलाई सम्पूर्ण कागजपत्र पठाउनुपर्ने छ। 

त्यस्तै भन्सार अधिकृतले अत्यावश्यक मालवस्तुलाई उच्च प्राथमिकता दिएर जाँचपाँच गराउनका लागि छुट्टै डेस्कको स्थापना गर्नुपर्नेछ। साथै सार्वजनिक बिदाको दिनमा पनि यात्रु जाँचपास कक्ष वा काउन्टरबाट समेत त्यस्ता मालवस्तुको जाँचपास गराउनुपर्ने छ। 

त्यस्तै जाँचपाँसका क्रममा देखिएको समस्या समाधानका लागि भन्सार विभागको उपमहानिर्देशकको संयोजकत्वमा र्यापिड रेस्पोन्स टिम तयारी गरी काम गर्नुपर्ने छ।

त्यस्तै अत्यावश्यक मालवस्तुमध्ये गुणस्तर प्रमाणित भएपछि मात्र जाँचपास गर्नुपर्ने प्रकृतिका मालवस्तु गुणस्तर प्रमाणित भए पश्चात् मात्र जाँचपास गर्नुपर्ने व्यवस्था सो कार्यविधिमा उल्लेख गरिएको छ। 

ती कार्यहरूको लागि भन्सार विभागले अन्तर निकायसँग पनि समन्वय गर्नु जरूरी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 21, 2021| 06:51 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्