बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हामी कुर्सीको दौडमा छैनौं, माग र मुद्दामा केन्द्रित छौं : राजेन्द्र महतो 

हामी कुर्सीको दौडमा छैनौं, माग र मुद्दामा केन्द्रित छौं : राजेन्द्र महतो 

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरू कुर्सीको दौडमा नभएर आफूहरूको माग र मुद्दा सम्बोधन गराउने दौडमा रहेको बताएका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरू कुर्सीको दौडमा नभएर आफूहरूको माग र मुद्दा सम्बोधन गराउने दौडमा रहेको बताएका छन्।

सिंहदरबारमा आफू निकट सांसदसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। 

‘पद र कुर्सीको लागि हामी प्रयोग हुँदैनौं। हाम्रो साँचोको प्रयोग देश र जनताका लागि हुन्छ,’उनले भने,‘कांग्रेस, एमाले र माओवादीलाई कुर्सी चाहिएको हो हामीलाई चाहिएको होइन।’

संविधानमा संशोधन हुनुपर्छ भनेर आवाज उठाउदै आएको भन्दै उनले हिजो गएर बल्ल प्रधानमन्त्री केपी ओलीले कार्यदल गठन गरेको बताए।

‘कार्यदलले अध्ययन गरेर प्रतिवेदन दिन्छ। लाखौं मानिस नागरिकता बिहीन थिए। जनसिद्धको आधारमा नागरिकता नपाउने अवस्था थियो। त्यसको विषयमा पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ,’उनले भने।

प्रकाशित: May 21, 2021| 06:40 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।