बुधबार, भदौ १०, २०८३

अमेरिकाबाट तीन जहाज स्वास्थ्य सामग्री नेपाल आउँदै

अमेरिकाले तीन उडानमा स्वास्थ्य सामग्री नेपाल पठाएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - अमेरिकाले तीन उडानमा स्वास्थ्य सामग्री नेपाल पठाएको छ।

अमेरिकी सहयोग एजेन्सी युएसएआइडीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तीन उडानमा स्वास्थ्य सामग्री काठमाडौंका लागि छुटिसकेको जानकारी दिएको हो। 

'सर्जिकल मास्क, फेस सिल्ड र मेडिकल पञ्जासहितका सामग्री काठमाडौंका लागि छुटिसकेका छन्,' यूएसएआइडीको विज्ञप्तिमा भनिएको छ, 'नेपालसहित दक्षिण एसियामा अमेरिकाले पठाएको यो पहिलो चरणको सहयोग हो।'

अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाईंका लागि यो आपत‍्कालीन सहयोग भएको जानकारी दिएको छ। विगत तीन सातामा अमेरिकाले डेढ करोड डलरभन्दा बढीका सामग्री नेपाललाई सहयोग गरेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ। अमेरिकाले नेपाललाई अक्सिजनको आपूर्ति र यसको उत्पादन प्रणालीका लागि समेत सहयोग गरेको छ। 

गत नोभेम्बर महिनामा अमेरिकाले नेपाललाई १०० थान भेन्टिलेटर सहयोग प्रदान गरेको थियो।

प्रकाशित: May 21, 2021| 06:28 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।