बुधबार, भदौ १०, २०८३

मोरङको सुन्दरहरैचामा पुरुषको विभत्स शव फेला

मोरङको सुन्दरहरैचामा एक पुरूषको विभत्स हत्या भएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

विराटनगर - मोरङको सुन्दरहरैचामा एक पुरूषको विभत्स हत्या भएको छ। घरमा एक्लै बस्दै आएका सुन्दरहरैचा नगरपालिका–३ लोचनीका एक पुरुषको सुतेकै ओछ्यानमा विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको हो। 

धारिलो हतियारले घाँटीको अगाडिको भाग क्षतविक्षत पारिएको अवस्थामा ४० वर्षीय विष्णु ऋषिदेवको शुक्रबार बिहान शव भेटिएको हो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार घाँटीमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रोमा विष्णु एक्लै बस्दै आएका थिए। उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा निदाएको अवस्थामा धारिलो हतियारले घाँटीको अगाडिको भाग काटेर हत्या गरिएजस्तो देखिने डीएसपी राईको भनाइ छ। 

बिहान अवेरसम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरूले घरभित्रै खाटमा हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खवर गरेको डीएसपी राईले जानकारी दिए। 

घटनाको अनुसन्धानका लागि मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा विशेष टोली परिचालन गरिएको बताए।

प्रकाशित: May 21, 2021| 05:47 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।