बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिलाई महाभियोग लगाउने कांग्रेसको निष्कर्ष, सर्वदलीय बैठक बोलायो

राष्ट्रपतिलाई महाभियोग लगाउने कांग्रेसको निष्कर्ष, सर्वदलीय बैठक बोलायो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध महाभियोग लगाउन कांग्रेस तयार देखिएको छ। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध महाभियोग लगाउन कांग्रेस तयार देखिएको छ। 

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाभियोगका बारेमा छलफल भएको छ। राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना र मर्मविपरीत काम गरेको बैठकको निष्कर्ष छ। ‘बैठकमा महाभियोगबारे छलफल भएको छ। हामी एकमतले महाभियोग लगाउन तयार छौं,’ पौडेलले भने।

राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय (आज साँझ पाँच बजे) अघि नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको संविधान मिचाहा प्रवृत्तिविरुद्ध कांग्रेस चुप लागेर नबस्ने पौडेलको भनाइ थियो। 

यसैबीच, कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।सभापति देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि छलफल गरी आवश्यक रणनीति तय गर्नुपर्ने भएको सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो।

‘प्रधानमन्त्रीले राजीनामा दिएका छैनन्। थोरै समय दिएर अर्को सरकार गठन गर्ने भनेर जालसाजी भइरहेको छ। संविधान बचाउन सबै पार्टीसँग हामी कुरा गर्दैछौं। अनि ठोस कदम चाल्छौं,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने।

प्रकाशित: May 21, 2021| 05:39 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।