बुधबार, भदौ १०, २०८३

बुटवलमा थप चार कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा थप चार जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

बुुटवल - कोरोना संक्रमणबाट बुटवलमा थप चार जनाको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा शुक्रबार (आज) बिहान तीन जना र बिहीबार राति एक जना गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो। 

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गुल्मीको चन्द्रकोट गाउँपालिका-४ की ५६ वर्षीया महिलाको बिहान ४ बजे, नवलपरासी बर्दघाट नगरपालिका-४ का ६२ वर्षीय पुरुष बिहान ३ बजे र नवलपरासी बर्दघाट नगरपालिका-४ कै ३९ वर्षीय पुरुषको बिहान ७ : २५ बजे मृत्यु भएको हो।

यसमध्ये बर्दघाटका ३९ वर्षीय पुरुषको धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आईसीयूमा मृत्यु भएको हो।

यस्तै रुपन्देही सैनामैना-१० का ७७ वर्षीय पुरुषको बिहीबार साँझ ७ बजे मृत्यु भएको सूचना अधिकारी डा. गौतमले बताए। उनका अनुसार तीनै जनालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो।

प्रकाशित: May 21, 2021| 04:55 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।