बुधबार, भदौ १०, २०८३

योजना आयोगको उपाध्यक्षमा पुनः पुष्पराज 

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्राडा पुष्पराज कँडेल नियुक्त भएका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्राडा पुष्पराज कँडेल नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको हो। 

पुनः नियुक्तिपछि बिहीबार सिंहदरबाररमा प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष उपाध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहणपछि उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगमा १० वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन्।

प्रकाशित: May 20, 2021| 08:33 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।